महोत्तरी,२८ पुस
महोत्तरी जिल्लाको बर्दिबास स्थित युवाहरूले नेपालबाट तस्करी गरेर महोत्तरी, धनुषा, सिरहा, र झापा हुदै बंगलादेश पुर्याउन लागिएका २५ वटा गाेरू पक्राउ गरेका छन् । आइतबार राति ८ बजेको समयमा युवाहरूले ट्रकमा लाेड गरेर पूर्व लैजादै गरिएको गाेरू पक्राउ गरेका छन् । प्र.१.०२.००१.ख. ९२९१ नम्बरको ट्रकमा उक्त गाेरू लैजादै गर्दा युवाहरूले पुरानो नगरपालिका अगाडि पक्राउ गरेका हो ।

उक्त गाेरू सर्लाही बरहथवाकाे शुम्भु सिंह नाम गरेको व्यापारीकाे भएको बताइएको छ, र उनी लामो समयदेखि गाईगाेरूकाे तस्करीमा संलग्न रहेको पक्राउ अभियानमा लागेका जेनजी युवाहरूले जानकारी दिएका छन् ।

यसरी गाईगाेरू तस्करी गर्ने र प्रहरीले पक्राउ नगरेवापत प्रहरीलाई मासिक ठूलो रकम तस्करहरूले दिने गरेको समेत खुलेको छ । बर्दिबास प्रहरीलाई मासिक ३ लाख , बर्दिबास ट्राफिकलाई ५० हजार दिने गरेको समेत जेनजी युवाहरूले आराेप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका घुमुवा कबिर र मेघराज साहलाई सई , प्रहरी चौकी परसा देवार मोहत्तरी रमेश झा असई मासिक रकम दिएर यो अबैध तस्करी धन्दा चलिरहेको उनीहरूकाे आराेप रहेको छ ।


