Tuesday, January 27, 2026

निर्वाचनका लागि कमान्डमा खटिने सशस्त्रलाई महानिरीक्षक अर्यालले कडा निर्देशन:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्।

प्रधान कार्यालयमा नवनियुक्त कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले चुनावी सुरक्षा रणनीतिलाई तीव्रता दिन र उच्च व्यावसायिकता प्रदर्शन गर्न सचेत गराए। अर्यालले कमान्डमा कमजोरी देखाउने वा लापरबाही गर्ने कमान्डरमाथि तत्काल कारबाही गरिने चेतावनी समेत दिएका छन्।

सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सशस्त्र प्रहरीहरुलाई निर्देशन, निर्वाचन सुरक्षा कमजोर नहोस् ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन सशस्त्रलाई निर्देशन दिएको छन् ।

कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles