Monday, February 2, 2026

बारा प्रहरीद्वारा प्रेमिका धर्मेन्द्र महतो र श्रीमति मन्डल महतो पक्राउ:-

ताजा / भरखरै प्राप्त

बिदेश बाट प्रेमिकालाई श्रीमतीले बोलाएर श्रीमान र सासुकि हत्या गरेको खुलासा भएको छ ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरिया डीमा भएको हत्या प्रकरणमा मन्डल मृतककी बुहारीको प्रेमीले विदेशबाट निर्देशन दिई मान्छे, पठाएर हत्या गराएको खुलासा भएको जनाइएको छ ।
बारा प्रहरीले अनुसन्धानका क्रममा उक्त घटनामा योजनाबद्ध संलग्नता रहेको पुष्टि गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बारा प्रहरीले जानकारी दिएको छ।

बारा जिल्लामा प्रेमीका बोलाएर समूह घाँटी रेती आमा, छोराको हत्या , तीन जना घाइते ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर–१ रहरियाडीमा आज (बुधबार) बिहान एकै परिवारका दुई जनाको निर्मम हत्या भएको जनाइएको छ। प्रेमी समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको छ, भने परिवारका अन्य ३ जना सदस्य गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन् । प्रेमीकाका समूहले आज बिहान करिब ३ बजेको समयमा उनीहरूमाथि धारिलो हतियार प्रयोग गरी टाउको र घाटिमा प्रहार गरेको बारा प्रहरीले जनाएको छ।

घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती मनिता देवी मण्डल र प्रेमीका धर्मेद्र महतोलाई नियन्त्रणमा लिएको बारा प्रहरीले बताउँछन् । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानका लागि मनिता र धर्मेन्द्रलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ।
“घरका अन्य सदस्यहरू घाइते अवस्थामा भेटिँदा बुहारी भने सुरक्षित देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” प्रहरी स्रोतले जनाएको छ।


एकै परिवारका सदस्यहरूको विभत्स हत्या भएपछि रहरियाडी क्षेत्र शोक र त्रासमा डुबेको देखिन्छ । नेपाल प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार प्राविधिक टोली र तालिमप्राप्त रहेको कुकुरको सहयोगमा घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छन् ।
हत्या किन र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,” एसपी कुँवरले पनि भनेका छन् , “विभिन्न कोणबाट प्रमाण सङ्कलन भइरहेको छ, दोषी कानुनी दायरामा आउनेछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles