Sunday, February 1, 2026

प्रहरी आफैमा गलत होइन र केही प्रहरीको नियत गलत हुन सक्छ तर:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले कर्तव्यपालनकै क्रममा सहायक हवल्दार सुशीला श्रेष्ठ करिब १७ महिना अघि ललितपुरमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएका कविन कार्कीको ठक्करबाट गम्भीर घाइते भएकी छिन् । उक्त घटनामा टाउको, हात र खुट्टामा गहिरो चोट लागेकी उनी तीन दिन भेन्टिलेटरमा रहिन् र एक महिना मेडिसिटी अस्पतालमा उपचार भएको थियो।

उपचार खर्च १३ लाख पुगे पनि दोषी पक्षले जम्मा ३ लाख मात्र तिरेको छ। बाँकी रकम नतिरेपछि अस्पतालले कागज गराएर डिस्चार्ज गरेको र अहिले पनि बिल तिर्न दबाब आइरहेको उनको गुनासो रहेको छ ।

चालक ९ महिना सम्म थुनामा बसेपछि धरौटीमा छुटिसकेका छन् । दुर्घटनापछि जीवनभर असर पर्ने चोट बोकेकी श्रेष्ठ आज पूर्ण उपचारका संघर्षरत रहेको छिन् ।

मादक पदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी चलाउने दोषीले सामान्य धरौटीमा छुट पाउनु, पीडितले उपचार खर्च धान्न नसक्नु र यस्तो गम्भीर घटनामासमेत राज्य संयन्त्रको उदासीनता देखिनुले हाम्रो देशको सिंगो न्याय प्रणालीप्रति गम्भीर प्रश्न उब्जिने विषय रहेको छ ।

ड्युटीमा रहँदा घाइते हुनु भनेको स्वयं पीडितका लागि अभिशाप बन्ने कुरा मात्रै हुने रहेछ भन्ने उदाहरण पनि यो घटनाले देखाउछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles