Sunday, February 1, 2026

नवाजको ५ विकेटमा अस्ट्रेलियासँगको शृंखला पाकिस्तानले गर्‍यो ‘क्लिन-स्वीप’

ताजा / भरखरै प्राप्त

१. मोहमम्द नवाजको पाँच विकेटसहितको प्रदर्शनमा अस्ट्रेलियालाई १११ रनले हराउँदै पाकिस्तानले शृंखला क्लिन स्वीप गरेको छ।

२. पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६.५ ओभरमा ९६ रन मात्र बनाउन सक्यो र ९ विकेट गुमायो।

३. सायम अयुबले ५६ र बाबर आजमले ५० रन बनाए भने नवाजले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए।

१८ माघ, काठमाडौं । मोहमम्द नवाजले पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियासँगको तेस्रो टी-२०आई पनि जित्दै शृंखला क्लिन स्वीप गरेको छ ।

आइतबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई १११ रनले हराएको हो । पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ले १६.५ ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो । एडम जाम्पा चोटका कारण ब्याटिङमा आएनन् ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २३ रन बनाए । क्यामरन ग्रीनले २२ रन बनाए । जोश फिलिपेले १४ रन बनाए । पाकिस्तानका नवाजले ४ ओभरमा १८ रन मात्र दिएर ५ विकेट लिए । शाहीन अफ्रिदीले २ तथा नसीम शाह र अबरार अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर सायम अयुबले ५६ रन बनाए भने बाबर आजम ५० रनमा अविजित रहे । शादाब खानले ४६ रन बनाए ।

अस्ट्रेलियाका लागि बेन डारशुइसले २ विकेट लिँदा म्याथ्यु कुहनेमान, म्याथ्यु शर्ट, कूपर कोनोली र क्यामरन ग्रीनले १-१ विकेट लिए । यसअघि सुरुवाती दुई खेल जित्दै पाकिस्तानले शृंखला कब्जा गरिसकेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles