मकवानपुर जिल्लाका प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषध र ट्रामाडोलसहित एक जना बालिका सहित ७ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
मिति २०८२ माघ १६ र १७ गते विभिन्न स्थानमा गरिएको शंका लागी चेकजाँच तथा रीतपूर्वक खानतलासीका क्रममा प्रतिबन्धित लागूऔषध बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरीले बताउँछन् ।
बरामद लागूऔषधमध्ये खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ कुल १ ग्राम ७८० मिलिग्राम र ट्रामाडोल २०० क्यापसुल रहेको प्रहरीले जनाएको हो । पक्राउ परेकामाथि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएका छन् । लागू औसधसहित पक्राउ परेका हरु मनहरी गाउँपालिका–३ का २३ वर्षीय जनक घलान र सोही स्थानका २२ वर्षीय सुदिप शर्माको साथबाट ८५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद भएको छ, र हेटौंडा उपमहानगरपालिका–१२ का २४ वर्षीय सुशिल गोलेको साथबाट ७६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद भएको र हेटौंडा–११ का २४ वर्षीय श्रीकृष्ण बि.क.को साथबाट ट्रामाडोल २०० क्यापसुल बरामद भएको, हेटौंडा–१ का १८ वर्षीय एनोस मगरको साथबाट ५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद, भएको, हेटौंडा–३ की २१ वर्षीया परिना मगर र एक बालिकासहितबाट १२० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद भएको छ, बरामद लागूऔषध सुरक्षित राखी सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरीले जनाएको छ।


