प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी हरुको निरीक्षण सम्पन्न गरेका छन् ।


नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला ट्राफिक सर्लाही कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, कार्यालयको भवन, मेश, ब्यारेक लगायतको निरीक्षण गरका छन् ।


एसपीले उपस्थित रहेका ट्राफिक प्रहरी कर्मचारीहरुलाई संगठनले अंगिकार गरेको मुल्य, मान्यतालाई सदैवा पालना गर्न हुनको साथै दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सचेतना कार्यक्रमलाई अझ बढी प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशन दिनु भएका छन् ।


