बारा जिल्लामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

बाराको मानवत मटिअर्वा-पिलुवा सडक खण्ड अन्तर्गत श्रीपुर तिर प्र.२-०३-००१ त ५३८६ नम्बरको ट्याक्टर र प्रदेश २-०३-०२२ प ५१०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाईते भएका छन्। घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ, तत्काल जानकारी अनुसार मोटरसाइकल सवार व्यक्तिहरु कलैया-१२ धर्मनगरका रहेको स्थानीयको स्रोतले जनाएको छ ।


