Thursday, February 26, 2026

पर्सा क्षेत्र नं एकका उमेदवार जावेद हैदरमाथि सामुहिक आक्रमण:-

ताजा / भरखरै प्राप्त

पर्सा–१ मा तनाव : उम्मेदवार जावैद एकवाल हैदरमाथि सामूहिक आक्रमण वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावैद एकवाल हैदरमाथि सामूहिक आक्रमण भएको खबर सार्वजनिक भएपछि क्षेत्रको राजनीतिक माहोल थप तातेको छ। चुनावी अभियानका क्रममा भएको उक्त घटनाले सुरक्षा व्यवस्था र चुनावी वातावरणमाथि गम्भीर प्रश्न उठाएको छ।


प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमबाट फर्किने क्रममा केही व्यक्तिहरूको समूहले हैदरमाथि हातपात गरेको बताइएको छ। घटनापछि उनका समर्थकहरू आक्रोशित बनेका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा बढ्दो तनावले पर्सा–१ मा शान्तिपूर्ण र निष्पक्ष चुनावको चुनौती थपिएको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles