पर्सा जिल्लामा निर्वाचन लक्षित अनुशिक्षण सम्पन्न, संवेदनशील मतदानस्थलमा कडा सुरक्षा पर्सा प्रहरी प्रमुखको रणनीति ।
आगामी फागुन ४ गते, निर्वाचनलाई लक्षित गर्दै पर्सा प्रहरी प्रमुख पाठकले पर्सा जिल्लामा कार्यरत तथा थप मद्दतका निर्वाचनको लागि खटिएर आएको प्रहरी अधिकृतहरूलाई विशेष अनुशिक्षण कार्य प्रदान गर्न निर्देशन दिएको छन् ।
तालुक प्रहरी कार्यालयबाट निर्वाचन सुरक्षाका लागि खटिआएका प्रहरी नायब उपरीक्षक,डीएसपी, प्रहरी निरीक्षक” तथा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेको वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूलाई पर्सा जिल्लाको समग्र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी गराइएका छन् ।
अनुशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक ले जिल्लाको भौगोलिक बनावट, निर्वाचन क्षेत्रको अवस्था तथा संवेदनशील र अति संवेदनशील मतदानस्थलहरूको सुरक्षा चुनौतीबारे जानकारी दिएका छन् ।
कार्यक्रममा निर्वाचन अवधिमा अपनाइने सुरक्षा रणनीति, भीड व्यवस्थापन, आकस्मिक परिस्थितिमा तत्काल अपनाइने कार्ययोजना तथा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिकाबारे विशेष जोड दिइने जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अनुशिक्षणले निर्वाचन सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको बताएको छ । साथै निर्वाचन अवधिभर सुरक्षा सतर्कता बढाउँदै मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रदान गरिने छ, पर्सा प्रहरीले जनाएको छ।


