Thursday, February 26, 2026

बाजाको विषयमा विवाद,राैतहटको गौरमा लगाइयोअनिश्चितकालीन कर्फ्यू:-

ताजा / भरखरै प्राप्त

बाजा बजाएको विषयमा विवाद राैतहटको सदरमुकाममा दर्जनौं गाडीमा आगजनी भएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानमा नमाजका बेला मस्जिद अगाडि डिजे बजाउँदा विवाद, झडपपछि, गाैर सदरमुकाममा लगाइयो अनिश्चितकालीन कर्फ्यू जारी भएको जनाइएको छ ।मुस्लिम समुदायको पवित्र महिना रमजानमा बेलुकी पढिने तरावी नमाज चलिरहेको समयमा मस्जिद अगाडि बिहेमा प्रयोग गरिएको ‘डिजे’ रोकेर ठूलो आवाजमा बजाइएको विषयलाई लिएर विवाद हुँदा दुई समुदायबीच झडप भएको थियो। घटना रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं ६ सबगढा क्षेत्रमा बिहीबार बेलुकी ८३०, बजे भएको हो।तरावी नमाजका बेला मस्जिद आसपास उच्च आवाजमा डिजे बजाइएपछि स्थानीयबीच भनाभन सुरु भएको थियो, स्थिति नियन्त्रण बाहिर जाँदा शुक्रबार दुवै पक्षबीच ढुङ्गा हानाहान तथा झडप भएको जनाइएको छ ।

सवगढा बस्ने सत्य नारायण साहकी छोरीको विवाहको जन्ती राैतहटकै बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडी बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो, दुवै पक्षबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छ । झड्पमा ६ जना सामान्य घाइते भएका थिए घाइतेहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो,सबै जनाको स्वास्थ सामान्य रहेको राैतहट प्रहरीले जनाइएको छ।स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताएका थिए । सोही क्रममा स्थानीय तथा दुई जना प्रहरी समेत घाइते भएका थिए” घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि केहीलाई डिस्चार्ज गरिएको उनले बताए । घटनापछि,वार्ता ६ बुंदे सहमती भएको जनाइएको थियो,राैतहट जिल्लाको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेस सागर भुसालको प्रमुख उपस्थितिमा हिजो दिउँसो ३ बजे देखि दुवै पक्षका प्रतिनिधिलाई बोलाई वार्ता सुरु गरिएको थियो,जिल्ला प्रशासन गाैरका प्रमुखले सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन अपिल गरेका थिए, हिन्दु पक्ष र मुस्लिम पक्ष बीच सौहादपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको बताइएको छ । दुबै पक्ष बीच ६ बुंदे सहमती भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

मुस्लिम समुदायको पवित्र महिना रमजानमा नमाजका बेला मस्जिद अगाडि डिजे बजाउँदा विवाद, झडपपछि, गाैर सदरमुकाममा लगाइयो अनिश्चितकालीन कर्फ्यू जारी भएको जनाइएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानमा बेलुकी तरावी नमाजका बेला मस्जिद आसपास उच्च आवाजमा डिजे बजाइएपछि स्थानीयबीच भनाभन सुरु भएको थियो, स्थिति नियन्त्रण बाहिर जाँदा शुक्रबार दुवै पक्षबीच ढुङ्गा हानाहान तथा झडप भएको जनाइएको छ।

स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय राैतहटले आज सनिवार दिउँसो १ बजेदेखि अर्को सूचना नभएसम्मका लागि गौर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा मुडलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र एरिया तोकेको जनाइएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिसकेको छ । घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको र दुवै समुदायबीच वार्तामार्फत समस्या समाधान गर्ने पहल भइरहेको जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन राैतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै सबै पक्षलाई संयम र शान्ति कायम राख्न अपिल पनि गरेको बताइएको छ।

आज गौर र सबगाढा मा घटेको घटना प्रति गृह मन्त्रालयको अनुरोध, “सबै धर्म समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गरौ”।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles