Thursday, February 26, 2026

एसएसपी दयानिधि ज्ञवालीको कमाण्डमा निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनायो:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनाएको छ । चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरिएको छ ।

कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरेका छन् । महाशाखाले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्ने छ ।

प्रहरी प्रधान कार्यालयका एकजना अधिकृत भन्छन्, ‘निर्वाचन बिथोल्ने समूहमाथि निगरानी र विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति तयार गर्ने जिम्मेवारी विश्लेषण महाशाखालाई दिइएको छ ।’

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles