निर्वाचनको मुख्य केन्द्रका रूपमा हेरिएको झापा जिल्ला मा सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ। सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रहरी प्रधान कार्यालय, नेपाल ले अन्य जिल्लाको तुलनामा झापामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

जिल्लामा डिएसपी र इन्स्पेक्टरसहित अतिरिक्त सुरक्षाकर्मी खटाइएको छ भने समन्वयका लागि गोविन्द अधिकारी लाई बुधबारदेखि एसएसपीका रूपमा जिम्मेवारी दिइएको छ। उनी यसअघि विराटनगर स्थित कोशी प्रदेश तालिम केन्द्र मा कार्यरत थिए।
कोशी प्रदेशका डिआइजी विनोद घिमिरे का अनुसार झापा र इलाम जिल्ला मा सुरक्षा समन्वय गर्न अधिकारीलाई खटाइएको हो।
राजनीतिक रूपमा महत्वपूर्ण मानिएको झापामा केपी शर्मा ओली र बालेन शाह एउटै क्षेत्रमा प्रतिस्पर्धामा रहेको चर्चा भएपछि सुरक्षा निकायले जिल्लालाई उच्च संवेदनशील सूचीमा राखेर सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ। जिल्लाको नियमित सुरक्षा कमान्ड भने बसुन्धरा खड्का ले सम्हालिरहेकी छन्।
त्यसैगरी, मोरङ जिल्ला र सुनसरी जिल्ला हेर्ने जिम्मेवारी प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) ज्ञानेन्द्र फुँयाललाई दिएको प्रहरीको स्रोतले जनाएको छ ।


