उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।
धन्यवाद
निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चार माध्यमको जिम्मेवार खबरदारीका लागि।
उच्च सम्मान
आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि।
कृतज्ञता
सम्माननीय राष्ट्रपतिज्यू, अभिभावकीय भूमिकाका लागि।
संकटका घडीमा आमाको नेतृत्व, सुशीला कार्कीको अग्नि परीक्षापार, शान्तिपूर्ण निर्वाचन गराउँदै इतिहास रचिन् । प्रधनमन्त्री सुशीला कार्की आमाज्यूलाई हार्दि कबधाई ।


