सशस्त्र प्रहरीका गुल्मको ब्यारेकभित्रै पसेर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि हातपात, र गेट तोडफोड तस्कर समुहको १५ जना ब्याक्तीहरुले गरेको सशस्त्र प्रहरीले बताउँछन् ।

कैलाली जिल्लाको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हात पात गरेका छन् । टीकापुर क्षेत्रका केही व्यापारीले गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र प्रवेश गरेर गुल्मपति पौडेलमाथि हिजो बुधबार हातपात गरेका छन् ।

स्थानीयका अनुसार सशस्त्र प्रहरीले भारतबाट ल्याइएको सामान पक्राउ गरेको भन्दै आक्रोशित भएका व्यापारीहरुको समूह गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र पसेका थियो । व्यापारी समूहमा १५ जना भन्दा बढी रहेको स्थानीयले बताएका छन् ।
गुल्मका सुरक्षाकर्मीले मंगलबार एक व्यापारीले भन्सार छ-ली गरेर भारतबाट ल्याएको ५६ हजार बढी रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका एक जना अधिकृतले बताएका छन् ।
स्थानीयका अनुसार खक्राैला भन्सार गुल्ममा रहेका डीएसपीले सार्वसधारणमाथि बारम्बार दुर्यव्हार गरेको र आर्थिक लेनदेनको दबाब सिर्जना गरेको आरोप लगाएका छन् ।


