Thursday, April 16, 2026

इन्डियन बाइकलाई चेकजाँ पर्सा प्रहरीले लियो ११ वटा बाइक नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका भरिमा भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि कडाईकासाथ पर्सा प्रहरीको चेकजाँच,सुरु गरेको छ,प्रहरीले गरेका चेकजाँचका क्रममा ११ वटा मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा वीरगञ्जस्थित वडा प्रहरी कार्यालय बिर्ताले भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि कडा चेकजाँच अभियान सञ्चालन गरेको जनाइएको छ ।छपकैयाको श्रीराम हल अगाडि गरिएको चेकजाँचका क्रममा आवश्यक कागजात तथा भन्सार नभएका ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बिर्ता प्रहरीले जनाएको छ।पर्सा प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा भन्सार गर्नुपर्ने प्रावधान रहे पनि सो प्रक्रिया पूरा नगरी सवारी सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताउँछन् ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने बताइएका छन् । साथै, प्रहरीले नियमविपरीत सवारी सञ्चालन नगर्न र कानुनी प्रक्रिया पूरा गर्न सर्वसाधारणहरुलाई आग्रह पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles