Thursday, April 16, 2026

प्रहरी उपरीक्षक पाठकद्वारा प्रहरी बरिस्ठ हवल्दार यादवको बिदाइ:-

ताजा / भरखरै प्राप्त

अनिवार्य अवकासमा जान लागनु भएका नेपाल प्रहरीका वरिष्ठ हवल्दार प्रमोद प्रसाद यादवको बिदाई भएको छ ।

आज बैशाख २ गते, २०८३, पर्साका प्रहरी प्रमुखद्वारा बरिस्ठ हवल्दार यादवको बिदाइ कार्यक्रम सम्पन्न ।

पर्सा, जिल्लाका वीरगञ्ज
मिति २०८३/०१/०२ गतेदेखी अनिवार्य अवकास हुनुभई सेवा निवृत्त हुनुभएका प्रहरी वरिष्ठ हवल्दार प्रमोद प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले नेपाल प्रहरीको पवित्र संगठनमा ईमान्दार, लगनशिल एवं कर्तव्यनिष्ठ भई दायित्व निर्वाह गरी संगठनमा पुर्याउनु भएको योगदानको कदर स्वरूप मायाको चिनो प्रदान गर्नुका साथै उहाँ हवल्दारको सुखमय जीवनको कामनाका साथ विदाई गर्नुभएका छन् । साथै उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनिय प्रहरी अधिकृत, प्र.ब.ह.-प्र.ज. हरूको समेत उपस्थिति रहेको थियो । बरिस्ठ हवल्दार यादव को आगामी जीवनयापन सुखमय रहोस् भने कामना गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles