Thursday, June 18, 2026

पर्सा प्रहरीद्वारा ३७० केजी गाँजा नहरको खाल्टोमा बरामद

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले सम्बन्धित व्यक्तिको खोजी तीव्र पारेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ असार ३ गते राति करिब ९ः१० बजे इलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डो नजिक लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो।
प्रहरीले उक्त स्थानबाट २५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको जम्मा ३७० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद गरिएको गाँजा कसैले ओसारपसार तथा बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
घटनास्थलबाट गाँजा बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको तथा उक्त लागुऔषधसँग सम्बन्धित व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न खोजी तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles