मधेस प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी प्रमुख (एसएसपी) कृष्ण बहादुर पाली मगर को प्रमुख आतिथ्यतामा प्रहरी नायव निरीक्षक (सई) दिलीप दासलाई ३० वर्ष सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका अवसरमा भव्य बिदाइ भएको छ ।

अवकाश समारोहमा सई दासलाई घोडामा राखेर सम्मानपूर्वक बिदाइ गरिएको पर्सा प्रहरीले जनाएका छन् । बिदाइ कार्यक्रममा प्रहरी अधिकृतदेखि , प्रहरी जवानसम्म,सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लामो समयसम्म प्रहरी संगठनमा योगदान पुर्याएका सई. दासको सेवाको उच्च मूल्यांकन गर्दै सम्मानसहितको घोडामा चढाएर बिदाइ भएका छन् ।२०५३,०३,०५, गते, नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ती भई प्रहरी नायव निरीक्षक सई.

पदबाट इमान्दार रहि कर्तव्यपालन राष्ट्रसेवकको रुपमा कार्यरत रही ३० वर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक दिलीप कुमार दासलाई आज, २०८३,०३,०५ ,गते, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगरको प्रमुख आतिथ्यतामा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको मधेस प्रदेश प्रहरी कार्यालय बिरगञजले जनाइएको छ ।


