आज,असाढ ६ गते, २०८३, शनिबारको बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको १९ औं गाँउसभा गाउँपालिकाको अध्यक्ष जुल्फकार अलि भुटो काे अध्यक्षतामा र उपाध्यक्ष श्रीमति प्रियंका देवी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनील प्रसाद केशरीले स्वागत मन्तव्य गरेको जनाइएको छ । गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ३५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको जनाइएको छ।

बाराका बिश्रामपुर गाउँपालिका वडा न,२ को वडा अध्यक्ष मनोज कुमार यादवले योजना तजुर्मा प्रस्तुत गर्दै उक्त बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभएका छन् । उहाँका अनुसार स्थानीय स्रोत तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई समेटेर बजेट तयार गरिएको जनाएका छन् । गाउँसभामा आगामी आर्थिक वर्षका लागि विकास निर्माणका योजनाहरू, रोजगारी सिर्जना, कृषिको र आधारभूत सेवाहरूको विस्तारमा विशेष जोड दिइएको बताएका छन् ।

साथै, पारदर्शिता, सुशासन र दिगो विकासलाई मुख्य लक्ष्यका रूपमा अघि बढाइने जनाइएका छन् । गाउँपालिका भित्र रहेको योजना प्रमुख गुलाब मेहतालाई समान गर्दै गाउँपालिका अध्यक्ष जुबेरले २५ हजार ले प्रुशकृत गरेर सम्मान गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। गाउँपालिकाले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको जनाइएको छ ।

र सबै वडाका वडा अध्यक्षहरु, सम्पूर्ण सभा सदस्य जनप्रतिनिधिहरु, तथा पत्रकारहरु, सुरक्षाकर्मी लगायत गाउँपालिकाका भद्रभलादमीहरुहरुको उल्लेखनीय उपस्तिथि रहेको जनाइएको छ ।


