Saturday, June 20, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनको तयारी

ताजा / भरखरै प्राप्त

चितवनको भरतपुर यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको देखिन्छ । महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित झण्डाहरू लहरै टाँगिएका छन् ।


महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ ।
चितवनमा भोली आइतबार हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशनका लागि जिल्ला सुरक्षा समितिले व्यापक सुरक्षा तयारी गरेको छ। चारवटै सुरक्षा निकायको संयुक्त योजनाअनुसार महाधिवेशनस्थल र वरपरका क्षेत्रलाई उच्च निगरानीमा राखिने भएको हो । जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल का अनुसार सुरक्षा निकायबीच समन्वय गरेर विशिष्ट पदाधिकारीदेखि सर्वसाधारण सहभागीको सुरक्षालाई ध्यानमा राख्दै विस्तृत योजना बनाइएको छ ।

सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक जनशक्ति जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयबाट थप गरिने चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल ले जानकारी दिए।
महाधिवेशनको क्रममा ट्राफिक व्यवस्थापनलाई सबैभन्दा चुनौतीपूर्ण पक्षका रूपमा लिइएको छ। विशेषगरी नारायणी पुल क्षेत्रलाई संवेदनशील मान्दै त्यहाँ अतिरिक्त सुरक्षा र सवारी व्यवस्थापन गरिनेछ। आवश्यक परे सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिने जनाइएको छ।


महाधिवेशनमा १५ हजारभन्दा बढी सहभागी हुन सक्ने अनुमानका आधारमा सुरक्षा योजना तयार गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि विभिन्न सेक्टर छुट्याइएको छ, जसअनुसार पूर्वबाट आउने सवारीलाई साझा बसपार्क र पश्चिमबाट आउनेलाई वीरेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा व्यवस्थापन गरिनेछ।
यसैबीच, महाधिवेशनमा सहभागी हुन केही मन्त्रीहरू चितवन पुगिसकेका छन्” भने अन्य उच्चस्तरीय नेतृत्व पनि आउने क्रममा जारी रहेको सुरक्षा निकायले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles