Sunday, June 21, 2026

सशस्त्र प्रहरी बाराद्वारा भारतिय कुखुराको चल्ला बरामद

ताजा / भरखरै प्राप्त

बाराको बरैनिया नाकाबाट सशस्त्र प्रहरीनले चार हजार अवैध कुखुराका चल्ला बरामद गरी खाडलटो खनी नष्ट गरेको सशस्त्र बाराले जानकारी दिएको छ ।
बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियास्थित सशस्त्र प्रहरी बलको बीओपी बरैनियाले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका करिब ४ हजार भारतिय कुखुराको चल्ला बरामद गरी नष्ट गरेको बिओपी बरईनियाले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले गस्तीका क्रममा सुपर स्प्लेन्डर मोटरसाइकल ना.४० प. २३६९ मा अवैध रूपमा चल्ला ल्याउँदै गरेको अवस्थामा शंका लागेपछि रोक्न खोज्दा मोटरसाइकल चालक र चल्ला छाडेर फरार भएको पिओपी प्रमुखले बताएका छन् ।
बरामद गरिएका करिब ४ हजार भारतिय कुखुरा चल्लाको मूल्य दुई लाख रुपैयाँ तथा मोटरसाइकलको मूल्य एक लाख रुपैयाँ गरी कुल तीन लाख रुपैयाँ बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीको भनाईं रहेको छ ।
बरामद गरिएका चल्लालाई बीओपी बरैनियाको परिसरमा ल्याई आज आइतबार बिहान १०:०५ बजे आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको जनाइएको छ । फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बाराले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles