Tuesday, June 23, 2026

बारा प्रहरीद्वारा ठुलो परिमाणमा तरबुजाको बिउसहित ट्रक नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी सेम्राैनगढ निरीक्षक साहको नेतृत्वमा ठूलो सफलता : एकै दिनमा २३ लाखभन्दा बढी तरबुजाको बिउसहित ट्रक पक्राउ गरेका छन् । तस्करी विरुद्ध इलाका प्रहरी प्रमुख साहको कडा प्रहार निकासीको तयारीमा रहेको २३ लाखभन्दा बढी मूल्य बराबरको खरबुजाका बिउ ट्रकसहित इलाका प्रहरी सेम्रोनगढ बारा प्रहरीको नियन्त्रणमा परेको छ । इलाका प्रहरी कार्यालय प्रहरी प्रमुख कृष्णदेव प्रसाद साहले
२३ लाखभन्दा बढीको खरबुजाको बिउसहित ट्रक नियन्त्रणमा लिएका छन् ।
बारा प्रहरीले अवैध रूपमा चोरी निकासी गर्न लागिएको ठूलो परिमाणको खरबुजाको बीउ ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतवार राति करिब ८:३० बजेको समयमा सिम्रौनगढ नगरपालिका–६ पावर हाउसनजिक सिम्रौनगढबाट राैतहटतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रक लाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रासाद शाहको कमान्डमा खटिएको गस्तीका टोलीले रोकी जाँच गरेको थियो,चेक-जाँचका क्रममा ट्रकभित्र ३१४ बोरा १२ हजार ५६० किलोग्राम खरबुजाको बीउ फेला परेको प्रहरी निरीक्षकले जनाएका छन् । उक्त बीउको मूल्य रु २२ लाख ९९ हजार २३३ रुपैयाँ रहेको प्रहरीले जनाइएको छ । बारा प्रहरी अनुसार विशेष सुचना पाएपछि उक्त बिउ अवैध रूपमा चोरी निकासी गर्न लागिएको खुल्न आएपछि बिउसहित ट्रक नियन्त्रणमा लिइएको हो । बरामद गरिएको ट्रकको मूल्य रु ३५ लाख रहेको प्रहरीको भनाईं रहेको छ । बरामद गरिएको खरबुजाको बिउ र ट्रक गरी कुल रु ५७ लाख ९९ हजार २३३ बराबर रुपैयाँको सामान रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका ट्रक चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलम लाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बाराको पथलैयामा पठाइएको बाराका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले घटनाबारे जानकारी दिँदै अवैध निकासी तथा राजस्व छलीविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई थप कडाई बनाइएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles