Saturday, June 27, 2026

राैतहट-बारा–पर्सा सीमा सिमामा पुगे गृहमन्त्री, सुधन गुरुङ

ताजा / भरखरै प्राप्त

नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ राैतहट, बारा, पर्साको सीमा क्षेत्र पुगेर फर्किएको स्थानीय स्रोतले जनाएको छ । तर यसबारे मन्त्रीको सचिवालयले केही बताएको छैन । राैतहट बारा र पर्साको प्रहरी प्रशासन पनि बेखबर छन् । चितवनमा रास्वपा महाधिवेशन सकिएपछि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ माडी ठोरी हुँदै पर्साको ग्रामीण इलाका पुगेको बताइन्छ । उनले आज बारा र राैतहटका गाैर टिकुलिया झुलुङगीपुल सीमा पुगेर फर्किएको राैतहट जिल्ला लवतना गाउँका एक जना यादवले बताएका छन् ।


सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गृहमन्त्री गुरुङले वीरगञ्जको सीमाक्षेत्र स्थलगत निरीक्षण मात्र गरेका छैनन्, स्थानीय जेष्ठ नागरिकहरुसँग कुराकानी पनि गरेका छन् । उनले सीमाक्षेत्रहरु जानकी टोला, मटिअर्वा, अलौँ पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको पाइएको छ ।


यसबारे पर्सा,बारा, राैतहटका सुरक्षाकर्मीहरुलाई केही जानकारी नरहेको बताएका छन् । सीमाक्षेत्र पुगेर स्थानीयसँग कुराकानी गरेका मन्त्री गुरुङले मास्क लगाएरका छन् । टोपी, माक्र्स,हाफ सेतो टिसर्ट र पाइन्ट लगाएका छन् ।
गृहमन्त्री आएर सीमा निरीक्षण र स्थानीयहरुसँग अन्तरक्रिया गरेको छन् ।
यस विषयमा प्रहरी प्रशासनले अनविज्ञता जनाएका छन् , प्रशासन स्रोतले भन्यो, ‘यसबारे हामीलाई कुनै जानकारी नरहेको बताउँछन् ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles