१०२ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक र कार र चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार र एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा हिजो आइतबार राति करिब ११ बजे, को, समयमा जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेको BR 01 CU 3544 नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाका आधारमा रोकी जाँच गरेको क्रममा उक्त गाँजा बरामद गरेको हो ।

चेक-जाचका क्रममा प्रहरीले कार खानतलासी गर्दा गाडीभित्र लुकाएर राखिएको १० वटा पोकामा १०२ केजी ६३८ ग्राम गाँजा बरामद गरेको पर्सा प्रहरीको भनाईं छ।
पक्राउ पर्नेमा भारतको बिहार बेतिया, जिल्ला, नवलपुर निवासी ३२ वर्षीय गुडु बर्मालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएका छन् । बरामद गाँजा, कार तथा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
हाल प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू पनि को संलग्नता तथा नेटवर्कबारे समेत अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले बताउँछन् ।


