भिस्वा नाकामा चारपांग्रे सवारी पुन: सहमती बाट खुलेको छ,छिपहरमाई गाउँपालिका भरिमा भारतीय गाडी आवतजावत खुल्ला भएको स्थानीयले बताएका छन् । ठोरी र भिस्वा नाकाबाट बाट चारपांग्रे सवारी पुन : संचालनमा आएको स्थानीयले जनाएका छन् ।दुई दिनका आन्दोलनको सफलता:भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास पाईने भएको छ ।पर्सा जिल्लाको भिस्वा–सिक्टा सीमा नाकामा दुई दिनसम्म चलेको आन्दोलनपछि भिस्वा छोटी भन्सारबाट भारतीय सवारीसाधनका लागि निःशुल्क प्रवेश भन्सार पास (इन्ट्री) उपलब्ध गराउने व्यवस्था सुरु भएको छ। यससँगै भारतीय नम्बर प्लेटका सवारीसाधनले अस्थायी भन्सार इन्ट्रीका लागि वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनका चालकहरूले अस्थायी भन्सार इन्ट्री गराउन वीरगञ्जस्थित भन्सार कार्यालयसम्म जानुपर्ने अवस्था बनेको थियो। यसका कारण समय, अतिरिक्त खर्च तथा अनावश्यक झन्झट व्यहोर्नुपरेको भन्दै स्थानीयवासी र व्यवसायीले लामो समयदेखि विरोध जनाउँदै आएका थिए। अब भने आवश्यक इन्ट्री तथा भन्सारसम्बन्धी सम्पूर्ण प्रक्रिया भिस्वा छोटी भन्सारबाटै हुने व्यवस्था मिलाइएको आन्दोलन पक्षले जनाएका छन् ।स्थानीयवासीका अनुसार नयाँ व्यवस्थाले सीमावर्ती क्षेत्रका सर्वसाधारण, दैनिक आवतजावत गर्ने यात्रु, सवारी चालक तथा व्यवसायीलाई उल्लेखनीय राहत पुग्ने अपेक्षा गरिएको छ। यसले सीमा नाकामा हुने आवागमनलाई थप सहज र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ।भिस्वा–सिक्टा सीमा नाकामा भएको आन्दोलनको नेतृत्व शेख अरमानले गरेको स्थानीय बताउँछन् । आन्दोलनमा सहारुख मंसुरी, उदेश पाण्डेय, ताराचन पण्डित, मनोज पटेललगायत स्थानीयवासीको सक्रिय सहभागिता र सहयोग रहेको जनाइएको छ। आन्दोलनमा सहभागीहरूले स्थानीयको लामो समयदेखिको माग सम्बोधन भएको भन्दै आन्दोलन सफल भएको प्रतिक्रिया दिएका छन्।
स्थानीय सरोकारवालाले यो व्यवस्थाले सीमावर्ती क्षेत्रमा व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वमा भएको दुई दिन आन्दोलनले पायौं सफलता । ठोरी र भिस्वा नाकाबाट बाट चारपांग्रे सवारी पुन: सहमती बाट खुलेको छ, अब भिस्वा बोडरमा छिटो भन्दा छिटो संचालनमा ल्याउने तयारीमा रहेको स्रोतको भनाईं छ ।अब छिपहरमाई गाउँपालिकाभरिमा भारतीय गाडी आवतजावत खुल्ला भएको स्थानीयले बताएका छन् । ठोरी र भिस्वा नाकाबाट बाट चारपांग्रे सवारी पुन : संचालनमा आएको स्थानीयले जनाएका छन् ।


