Tuesday, August 4, 2026

पर्सामा २०७ केजी गाँजा बरामद, पोखरिया प्रहरीको ठूलो सफलता

ताजा / भरखरै प्राप्त

पर्सामा २०७ केजी गाँजा बरामद, पोखरिया प्रहरीको ठूलो सफलतासमाचार१८ मिनेट अगाडि पर्सामा २०७ केजी गाँजा बरामद, पोखरिया प्रहरीको ठूलो सफलतापर्सा, साउन १९ । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हासिल गरेको छ।

प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले २०७ केजी गाँजा जस्तो पदार्थ बरामद गरेको हो।प्रहरीका अनुसार मिति २०८३ साउन १९ गते साँझ करिब ६:३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी खानतलासी गरेको थियो।खानतलासीका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको २०७ केजी गाँजा जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पिकअप मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामाले चलाइरहेका थिए। बरामद गाँजा र सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको तथा घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय पोखरियाबाट भइरहेको प्रहरीले जनाएको छ।प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको कमान्डमा पर्सामा लागूऔषध तथा अवैध गतिविधिविरुद्धको अभियान निरन्तर तीव्र बनाइँदै आएको छ। पछिल्लो बरामदले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रिय रूपमा परिचालित रहेको देखिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles