Monday, August 10, 2026

प्रहरीद्वारा पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवक पक्राउ

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल र म्यागजिन बरामद गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा बागमती गाउँपालिका–९ बेतिनी अगौटेमा घरभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको जनाएको छ ।
विशेष सूचनाका आज आधारमा सोमबार प्रहरीले अगौटेमा रहेको एक घरमा चेकजाँच गरेको थियो, चेक-जाँचका क्रममा घरधनी १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल र म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलास्थित चोटामा राखिएको जेब्रा झोलाभित्र पेस्तोल लुकाएर राखिएको थियो, रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा ‘नं. ०१७११०’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन फेला परेको जनाएको छ । चेक-जाँचका क्रममा पेस्तोल फेला परेपछि प्रहरीले सिङतानलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएको पेस्तोल र म्यागजिन र पक्राउ परेका सिङतानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles