Monday, June 30, 2025

राष्ट्रसंघको ७९औं महासभाको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीसहित नेपाली टोली सहभागीन्युयोर्क ।

ताजा / भरखरै प्राप्त

संयुक्त राष्ट्रसंघको ७९औं महासभा अमेरिकाको न्यूयोर्कमा आज मंगलबार सुरू भएको छ ।
पाँच दिनसम्म चल्ने महासभाको उद्घाटन सत्रलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ ।

उद्घाटन सत्रमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रथम महिला राधिका शाक्य ,परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायतको सहभागिता रहेको छ ।

महासभामा प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्दैहुनुहुन्छ ।
राष्ट्रसंघका अनुसार हालसम्म १ सय २० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख न्युयोर्क पुगेका छन् ।

महासभामा १९३ मुलुक तथा दुई पर्यवेक्षक मुलुकहरु होली सी र प्यालेस्टाइन छन् ।

महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा रुस-युक्रेन र गाजाको युद्धमा छिटोभन्दा छिटो युद्ध विराम गर्नुपर्ने उल्लेख गर्दै
अन्य क्षेत्रमा भइरहेका आन्तरिक र बाह्य द्वन्द्वको पिडाबारे जानकारी गराउनु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles