
नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ ।
आज दशैंको पहिलो दिन घटस्थापना हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल
प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका
साथ बडादशैं मनाइन्छ ।
बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक
विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी
घटस्थापना गरिन्छ ।
घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गाईको गोबरले लिपपोत
गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र
नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई
जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले
दुर्गालाई चढाएर विजया दशमीको दिन टीका
प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
‘जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।
कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने
गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको
नेपाल पञ्चांग निर्णायक
समितिका पूर्वअध्यक्ष
रामचन्द्र
गौतमले बताएको छन् ।