सप्तरी प्रहरीले भारतीय
नम्बरको स्कर्पियोबाट
एक सय २० किलो लागूऔषध गाँजा
पक्राउ गरेको छ ।
कञ्चनरूप-७ स्थित प्रहरी
चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको नेपाल
प्रहरीको टोलीले फत्तेपुरदेखि
कञ्चनपुर तर्फ आउँदै
गरेको सेतो रंगको बीआर
०७ बीए ४५७८ नम्बरको
सेतो स्कर्पियो जाँच गर्दा
गाँजा फेला पारेका छन् ।
गाडीमा लुकाइछिपाइ
राखिएको १ सय २०
किलोग्राम लागूऔषध
गाँजा बरामद गरेको
सप्तरीका एसपी ढकेन्द्र
खतिवडाले
बताएका छन् ।
प्रहरीले स्कर्पियो चालक
सिरहा भगवानपुर
गाउँपालिका-४ का
चन्देश्वर चौधरी र
सहचालक भगवानपुर-२
का रामदुलार यादवलाई
पनि प्रहरीले नियन्त्रणमा
लिएको छ ।