
२०८१।०६।३० गते “६९ औं प्रहरी दिवस २०८१” को दिन यस जिल्ला प्रहरी कार्यालय बागलुङमा श्रद्धाञ्जली सहितको प्रहरी दिवस बिषेश कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघ लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारी,कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको छ। साथै उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा राखिएको खेलकुद कार्यक्रमका विजेता तथा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस जिल्ला प्रहरी कार्यालय बागलुङलाई सहयोग गर्नुहुने सहयोगी हातहरुलाई प्रमुख जिल्ला अधिकारी तथा यस कार्यालयका कार्यालय प्रमुख ऋषिराम कंडेल ले प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।