Tuesday, April 22, 2025

६९ औं प्रहरी दिवस २०८१’ मूल समारोह कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

“साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौ निर्माण गर्न सुन्दर सामाजिक परिवेश” भन्ने
मूख्य नाराको साथ कर्णाली प्रदेश सरकारका
माननीय मुख्यमन्त्री यामलाल कडेलको प्रमुख
आतिथ्यतामा ६९ औं प्रहरी दिवसको मूल
समारोह कर्णाली प्रदेश
प्रहरी कार्यालयको आयोजनामा सम्पन्न
भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिबाट यस कार्यालयको परिसर भित्र रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छा
अर्पण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथी, विशेष अतिथी र विभिन्न संघ संस्थाबाटका आमन्त्रीत अतिथीहरुलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका
प्र.व.उ. राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य र कर्णाली प्रदेश प्रहरी प्रमुख
प्र.ना.म.नि. जनक भट्टराईबाट संगठन प्रमुख
‍प्र.म.नि. बसन्त बहादुर
कुँवरको ६९ औं प्रहरी
दिवस २०८१ को शुभकामना सन्देश वाचन
गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिबाट कर्णाली प्रदेश प्रहरी विद्यालयको आयोजनामा “साइवर सुरक्षा आजको आवश्यकता” सम्बन्धी शिर्षकको निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण, यस कार्यालयको आयोजनामा संचालन भएको अन्तर प्रहरी कार्यालय ब्याड्‍मिन्टन प्रतियोगितामा प्रथम, द्वितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण, धेरै पटक रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण, प्रहरी कार्यमा सहयोग पुर्‍याउने बिभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान पत्र प्रदान, यस कार्यालय तथा मातहतमा कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण, प्रहरीलाई नि:शुल्क जग्गा उपलव्ध गराउने जग्गादातालाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कडेलले सिमित साधनस्रोतका बाबजुद कर्णाली प्रदेशमा प्रदेश प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न, अपराध नियन्त्रण लगायत मुलुकमा देखापरेका विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउदै मुख्यमन्त्रीले प्रहरी संगठनको ऐतिहासिक गरिमा र महत्वको चर्चा गर्दै आफ्नो ब्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी उच्च मनोवलका साथ देश र जनताको सुरक्षामा तैनाथ हुनु सबैको लागि प्रेरणाको श्रोतका रुपमा रहेको बताउनु भयो । प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य , मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुज्यू, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशका मुख्यन्यायाधिवक्ता कृष्ण बहादुर हमालबाट शुभकामना मन्तव्य दिनु भएको थियो ।
उपस्थित अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles