Tuesday, April 22, 2025

पटाका तस्करी गर्ने तीनजना पक्राउ :

ताजा / भरखरै प्राप्त

भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई पक्राउ गरिएका छन् ।

सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलङ्गवा र प्रस्तावित सुरक्षा गुल्म मलङ्गवाको संयुक्त टोलीले अवैध पटाका
समानसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएक थियो ।

नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलङ्गवा लेखिएको को१च ५८९६ नम्बरको एम्बुलेन्समा समान ल्याउँदै गरेको
अवस्थामा समानसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक हरिवन नगरपालिका ११ का ३६
वर्षीय विक्रम आचार्य, पटका मालिक सोही स्थानका ३६ वर्षीय मनोज
रजक र किराना समानका
मालिक ४३ वर्षीय छोटेलाल दास रहेको
प्रहरीले जनाएका छन् ।

चाडपर्व नजिएसँगै तराईका विभिन्न नाकाहरूबाट पटका भित्रिने गरेका छन् ।

योभन्दा अगाडि पनि
सशस्त्र प्रहरी सर्लाहीले करिब १८
लाख बराबरको पटका बरामद गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles