नवलपरासीको कावासोतीमा प्रहरीले भन्सार छली गरेको
केराउ र बदाम बरामद गरेका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कावासोती-२ फलफूल
चोकमा सवारी जाँच
गर्नेक्रममा १ सय ६० बोरा केराउ र १ सय ५० बोरा
बदाम बरामद गरेको जिल्ला प्रहरी कार्यालयका
सूचना अधिकारी शाहले बताएका छन् । बा.प्र.०३००१ख २१५३ नम्बरको ट्रकमा सामान ल्याउँदै गर्दा प्रहरीले ६ लाख ४० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले
जनाएको छ ।