प्रहरीले कैलाली र डडेल्धुराबाट साढे ४ लाख बढी नगदसहित ३७ जुवाडेलाई पक्राउ गरेको छ।कैलालीबाट ९ र डडेल्धुराबाट २८ जनालाई चार लाख ६८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नाराका सहदेब भट्टको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ३२ वर्षीय नेत्र साउदसहित ९
जनालाई पक्राउ गरिएको
छ ।
उनीहरुको साथबाट २६ हजार ४२० रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३
को गोयल खेतका ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ४ लाख ४१ हजार ८६९ रुपैयाँ नगद र १६ गड्डी तास बरामद
भएको प्रहरीले जनाएका छन् ।