
जिल्ला रौतहट —हात्तीको आक्रमणमा परी फतुवा–विजयपुर नगरपालिका-११ बुट्वा–राङी गाउँमा आज एक वृद्धामहिलाको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको
अवस्थामा हात्तीले आक्रमण
गर्दा ७० वर्षीया पातली तामाङको आज,बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा
सँगैको अर्को घरलाई समेत हात्तीले क्षति पुर्याएको प्रहरीले
बताएका छन् ।