Sunday, June 29, 2025

समुदाय प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ;

ताजा / भरखरै प्राप्त

प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले समुदाय प्रहरी साझेदारी अन्तर्गत
नागरिक सुनुवाइ
अभियान सञ्चालन
गरेको छ ।
मौलापुर ईलाका प्रहरीको आयोजनामा मौलापुर नगरपालिका स्थित मौलापुर बजार मञ्चमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् ।

बजार मञ्चमा आयोजित कार्यक्रममा मौलापुर नगरपालिकाका
सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा
केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल हुने गरेको छ ।
उक्त कार्यक्रममा स्थानीयहरुले भारत सिमाना संग जोडिएका विभिन्न प्रश्न सहित प्रहरी माथी अरोप प्रतिरोप लगाएका छन् ।
कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक (एसपी)
दीलिप घिमिरेले प्रहरीमा धेरै परिवर्तन भईसकेको बताएका छन् ।
पहिलाको आँखाले
होईन नयाँ आँखाले
नेपाल प्रहरीलाई हेर्न
जरुरी रहेको छ ।
जनतामा जुन प्रहरी प्रतिको धारणा छ ।
त्यो परिवर्तन हुन अझै समय लाग्दछ भन्दै उठेका प्रश्नलाई एसपीले खण्डन गर्नुभएको थियो ।
समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्ति र सुरक्षित समाजका
निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि
त्यतिकै सजक रहनुपर्ने उनको भनाई रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles