कावासोतीमा जुवा खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका डीएसपी जेसी शाहका अनुसार कावासोतीको बजारका दुई फरक–फरक ठाउँमा जुवा खेल्दै गरेको समूहलाई १ लाख ३१ हजार नगदसहित गए राति पक्राउ गरिएको हो ।
उनीहरूलाई जुवा ऐन
अनुसार कारबाही अघि बढाइएको छ ।
जुवाडेहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।
तिहार बिदा सकिएर कार्यालय खुलेपछि उनीहरूलाई
मुद्दा चलाइने प्रहरीले
जनाएको छ ।