Monday, April 21, 2025

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीले दिए निर्देशन ;

ताजा / भरखरै प्राप्त

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीले निर्देशनदिको छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिव
र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका सबै कर्मचारीहरुलाई काममा लगाउन निर्देशन
दिएका हो ।

सामान्य अवस्थाको कामले नतिजा सामान्य आउने रहेकोले उनले उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताएका छन् ।

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिएका छन् ।

राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायतका अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभएको छ । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताएका छन् ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख,
भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles