Monday, April 21, 2025

रत्ननगरमा बस दुर्घटना, एक जनाको मृत्यु दुई जना घाइते ;

ताजा / भरखरै प्राप्त

चितवनमा बस दुर्घटना, एक जनाको मृत्यु
चितवन ,२१ कार्तिक । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको
मृत्यु भएको छ ।

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको
मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles