Tuesday, April 22, 2025

सुनसरीमा जुवा खेल्दा पक्राउ परेका ३१ जनालाई म्याद थप ;

ताजा / भरखरै प्राप्त

तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ
गरेको छ ।
तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवातास खेल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका-६
मधेषाबाट १६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ
गरिएको जिल्ला प्रहरी कार्यालय सनुसरीले जानकारी दिएका छन् ।
मधेषामा जुवातास खेल्नेहरुको साथबाट २ लाख ८३ हजार ९ सय
६५ रुपैयाँ र बराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामत गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
कात्तिक १७ गते राति मधेषाबाट पक्राउ परेका १६ जना र कात्तिक १८
गते-बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मंगलबार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले
जानकारी दिएका छन् ।
सुनसरी जिल्ला अदालत बन्द भएका भएका
कारण दुई दिनअघि
पक्राउ गरिएको भए पनि उनीहरुलाई म्याद थप
गर्न सकिएको थिएन । मंगलबारबाट अदालत खुलेसँगै उनीहरुलाई म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles