
प्रहरीले ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद गरेका छन् ।
काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट प्रहरीले
पेस्तोल र गोली बरामद गरेको हो ।
होटलको पहिलो तल्लामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाई गर्ने क्रममा पेस्तोल र गोली फेला परेको खबर गरेकी थिइन्।उक्त खबर पाएपछि
प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले हतियार बरामद गरेको हो।
उक्त हतियार कसले राखेको भन्नेबारे खुलेको छैन ।
प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।