Tuesday, July 1, 2025

अफिम कारोबार गरेको ठहर गर्दै दुई जनालाई १५/१५ वर्ष कैद ;

ताजा / भरखरै प्राप्त

मकवानपुर हेटौंडा — अफिम कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई अभियुक्तलाई जनही १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
अदालतले ती दुई अभियुक्तलाई जनही ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ ।जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले थाहा नगरपालिका-८ काभ्रेका ५४ वर्षीय तेजबहादुर थिङ र थाहा नगरपालिका-११ टिस्टुङका ४३ वर्षीय शरण थिङलाई अफिम कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।थिङद्वयलाई प्रहरीले २०८० चैत १० गते हेटौंडा उपमहानगरपालिका-१० दिलखुश खाँजा घरबाट २ केजी अफिमसहित पक्राउ गरेको थियो ।
अदालतले दोषी ठहर गरेका दुवै जना अहिले सात महिनादेखि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles