Tuesday, April 22, 2025

दुई जना एआईजी र एक जना डीआजीको विदाइ ;

ताजा / भरखरै प्राप्त

सेवानिवृत्त नेपाल प्रहरीका दुई जना एआईजी र एक जना डीआईजीको विदाइ भएको छ।

काठमाडौं प्रहरी प्रधान कार्यालयले सेवानिवृत्त तीन प्रहरी अधिकारीको विदाइ गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाइ गरेको हो ।

विदाइ समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएको भन्दै वहाँ हरूको प्रशंसा गर्नु भएको थियो ।

२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त
भई प्रहरी सेवामा प्रवेश गरेका जोशी यही कात्तिक १७ गते, राणा कात्तिक १५
गते र २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका बास्तोला कात्तिक १० गते,सेवानिवृत्त भएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू,
प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles