Friday, May 15, 2026

छिपहरमाइ गाउँपालिका अगाडीमा धर्ना सुरु”

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिका अध्यक्ष मनोज गुप्ताविरुद्ध छिपहरमाई गाउँपालिकाका स्थानीयहरूले छिपहरमाई गाउँपालिका अगाडी धर्नामा बसेका छन् ।

छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले भन्छन्–यो सबै नाजायज माग हो, यो माग पूरा
गर्न सकिदैन ।

पर्सा जिल्लाको छिपहरमाइमा गाउँपालिकाको भ्रष्टचारविरुद्ध स्थानीयहरु धर्ना कार्यक्रम सुरु
गरेका छन् ।

भ्रष्टचारमा छिपहरमाई गाउँपालिका पालिका चुर्लुम डुबेको आरोप लगाउँदै पारदर्शिताको माग गर्दै गाउँपालिका अगाडि छिपहमाइका स्थानीयहरुले धर्ना सुरु गरेका छन् ।

छिपहरमाइ संघर्ष समितिको ब्यानरमा स्थानीयहरु विभिन्न २६
बुँदे माग राख्दै धर्नाका कार्यक्रम सुरु गरेको स्थानीयहरूले
बताएका छन् ।

स्थानीयहरूको अनुसार गाउँपालिकाको कार्यालयले योजनादेखि भएका कामहरू र गरेको
कामहरु सबै लुकाउने
गरेको आरोप
लगाउदै धर्नामा बस्ने बाध्य भहेको स्थानीयले बताउँछन् ।

‘सूचनाको हक प्रयोग गरेर माग्दा पनि नदिने गरेको र , आफ्नो ‘वेभसाइट’ मा पनि योजनाहरु सार्वजनिक नगर्ने गरेको र स्थानीयहरूले
बताएको हो ।

जुनकारण नगरपालिकाले चरम भ्रष्टचार गरिरहेको छर्लङ्ग भइरहेको
बताएको छ ।

मूलतः रेडबुकको सार्वजनिकीकरण, वेभसाइटमा योजनाहरु अपडेटको माग गर्दै स्थानीयहरु मंगलबार दोस्रो दिन पनि धर्नामा बसेको बताइएको छ ।

माग पूरा नहुँदासम्म धर्नाका कार्यक्रम जारी रहने स्थानीहरुको भनाइरहेका छन् ।

स्थानीयहरुका अनुसार मनोज गुप्ताले ज्यादती बढेपछि स्थानीयहरु गाउँपालिको रवैयाविरुद्ध उत्रिएको हो ।

संघर्ष समितिले ०७५ सालदेखि आर्थिक वर्ष ०८१ सालको मंसिर मसान्तसम्म सौर्य सिचाइ प्रणालीको योजना कहाँकहाँ राखिएको छ, त्यसको लोकेसन, इस्टिमेट डिटेल्स, लाभग्राहीको विवरण बुझेको भरपाइसहित माग भए
भने त्यसको निवेदन छनौट तथा सम्झौताको प्रक्रिया, सम्झौताको गरेको संस्थाहरुको नाम,मिति, रकम, सञ्चालकको नाम र ठेगाना उल्लेखित विवरण, प्रगती विवरणको प्रमाणित प्रतिलिपिको पहिलो बुँदामा माग गरेको छ ।

यसैगरी आर्थिक वर्ष ०७५ सालदेखि ०८१ सालको मंसिर मसान्तसम्म गाउँपालिका अध्यक्षले आफ्नो नाममा बुझेको जिन्सी सामग्रीहरु,
पेश्की तथा भुक्तानी के कति बुझेका छन्
कि, छैन त्यसको प्रमाणित प्रतिलिपिसहितका २६ बुँदे मागहरु राखेको छ ।

तर छिपहरमाइगाउँपालिका अध्यक्ष मनोज गुप्ताले भने संघर्ष समितिले उठाएको अधिकांश मागहरु नाजायज रहेको
बताएका छन् ।

उनका अनुसार २६ वटा मागहरुमध्ये १÷२ वटा मागहरु मात्र जायज छन् । बाँकी सबै मागहरु अनुचित रहेको गुप्ताले दाबी
गरेको छन् ।

त्यसकारण संविधान भन्दा बाहिर गएर मागिएका सूचनाहरु जानकारी दिन नमिल्ने गुप्ताको भनाइ रहेको छ ।

अधिकांश मागहरु तत्काल पूरा गर्न सकिने अवस्था नरहेको गुप्ताले
बताएका छन् ।
छिपहरमाइ संघर्ष समितिले हिजो दोस्रो दिन पनि दुई घण्टा धर्ना बसेर केही नाराबाजी गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles