Monday, June 30, 2025

कहिलै नसुध्रिने उपेन्द्र यादव : “सधैं जनताको मन भन्दा पनि ठूला दलका नेताहरूको आशीर्वादमा चुनाव जितेका जनता समाजवादी पार्टी (जसपा)

ताजा / भरखरै प्राप्त

नेपालका अध्यक्ष उपेन्द्र यादवले संघमा स्वास्थ्य मन्त्रालय र प्रदेशमा मुख्यमन्त्री पद पनि मागेका छन्। सरकारले ल्याएको ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा यादव निर्णायक बनेपछि उनी सत्तारुढ दलहरूसँग बार्गेनिङ गर्दै संघमा स्वास्थ्य मन्त्रालय र प्रदेशका मुख्यमन्त्रीका लागि पनि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

स्वास्थ्य मन्त्रालयमा युवा नेता प्रदिप पौडेलले मन्त्री भएपछि राम्रा काम गर्दै अघि बढेको अवस्थामा, अघिल्ला सरकारमा स्वास्थ्य मन्त्री बनेका यादव भने उक्त मन्त्रालय आफ्नो बनाउनका लागि धम्की दिँदै स्वास्थ्य मन्त्रालय फुत्काउने दाउमा लागेका छन्। मन्त्री भएको बेला जनताले सम्झिन लायक काम नगर्ने यादव, आफ्नै क्षेत्रमा पनि जनताको नजरमा असफल भएको देखिन्छ।

गत चुनावमा हारेका यादव कांग्रेस र माओवादीको गठबन्धनमा सामेल भइ चुनाव जितेर काठमाडौं फर्किएका हुन्। सधैं मधेसी जनताको भावनामा खेलेर चुनाव जित्ने यादवले देशका लागि सम्झिन लायक कुनै ठोस काम गरेका छैनन्। उनी पार्टीका अध्यक्ष र केन्द्र सरकारको मन्त्री बनेपछि जस्तोसुकै सम्झौतामा पनि हस्ताक्षर गर्न पछि पर्दैनन्।

उनका यो कार्यशैलीले न केवल आफ्नै पार्टीको अपमान गरेको छ, तर देशका नागरिक र विशेषगरी मधेसी समुदायलाई पनि आशा र विश्वासको खोइ्र लागि उत्पन्न गरेको छ। यादवले लिएका राजनीतिक निर्णयहरू प्रायः व्यक्तिगत स्वार्थका लागि भएका छन् र यी निर्णयहरूले जनताको हितमा कुनै उल्लेखनीय योगदान पुर्याएका छैनन्।

त्यसै परम्परालाई निरन्तरता दिँदै, मन्त्री प्रदिप पौडेलले सम्हालेको स्वास्थ्य मन्त्रालय आफ्नो बनाउन जस्तोसुकै सम्झौता गर्न बार्गेनिङको लागि शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीलाई भेट्न दौडधूप गरिरहेका छन्। यस्तै, प्रदेशमा मुख्यमन्त्री पदको दाबी पनि उनले प्रस्तुत गरेका छन्, जसले थप विवाद उत्पन्न गरेको छ।

यस्ता गतिविधिहरूले न केवल यादवको राजनीतिक इमेजलाई धक्का पुर्याएको छ, तर यसले मुलुकको राजनीतिक वातावरणमा अस्थिरता र आत्मविश्वासको कमी सिर्जना गरेको छ। जनताले अब यस्ता अस्थिर र स्वार्थी राजनीतिमा संलग्न नेताहरूको अगाडि कति समयसम्म प्रतिक्षा गर्ने? देशको भलाइको लागि काम नगर्ने र सधैं सत्ता प्राप्ति र व्यक्तिगत स्वार्थको मात्र पछाडि लाग्ने नेताहरूका कारण देशको समृद्धि र विकासमा बाधा आउन सक्छ।

यदि यादवले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन सकेन भने, उनले नेपालको राजनीति र जनतासँग थप विश्वास गुमाउनेछन्।”साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles