खानेपानीमन्त्री प्रदिप यादवको कार्यकक्षमा आगलागी भएको छ ।
मन्त्री यादवले भने कार्यकक्षमा हिजो शुक्रबार नै बिजुलीको तार जलेको गन्ध आएको थियो,
खानेपानी मन्त्री प्रदिप यादवको मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकास्मात भएको आगलागीमा मन्त्रालयमा रहेका केही कागजातहरु जलेको हो प्रहरीले
बताउँछन्
आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताएका छन् ।
अहिले प्रहरीको अनुसन्धान जारी राखेको उनको
भनाई छ ।
शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिएको थियो । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताएका छन् ।
प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने उनले बताएका छन् ।
आगलगीबाट सिंहदरबारस्थित खानेपानी मन्त्रालयका चाैथो तालामा रहेको तिन वटा कोठामा क्षति भएको हो ।
चाैथो तालामा खानेपानी मन्त्रीको कार्यकक्षसमेतको जलेको छन् ।
प्रहरीका अनुसार तिनवटा रहेको दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको बताएको छन् ।
अति आवश्यक डकुमेन्टहरुमा कुनै क्षति भएको बुझिएको छ ।
खानेपानी मन्त्रालयमा पुगेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताएका छन् । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
शुक्रवारदेखि नै विद्युत् सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हुनसक्ने उनले आशंका गरेका छन् ।
ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई रहेको छ ।
अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताउनुभएको छ ।