चितवनमा आज आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलमा दुर्घटनामा
परेको हो ।
प्रहरीका अनुसार बसमा सवार २८ जनामध्ये २२ जना घाइते छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएका छन् ।