पर्साका प्रहरीले राजस्व छली गरेर ल्याएका दुई करोड रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।वीरगंज महानगरपालिका स्थित गण्डकचोकमा बा १ ख ९९०९, ना ६ ख ५४९१ र ना ६ ख ६३९७ नम्बरको मालवाहक ट्रकमा जाँच गर्दा भन्सार छली गरेको सामान भेटिएको प्रहरीले जनाएको छ।
वीरगंजबाट काठमाडौं जादै गरेको ट्रकमा क्याल्कुलेटर र हेयर ट्रिमर भेटिएको थियो ।
प्रहरी टोलीले बिल बीजकभन्दा बढीका १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले
बताएको छ ।
थप अनुसन्धानका लागि सामान बाराको राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरीले जानकारी दिएको छन् ।